काठमाण्डाै । मधेश प्रदेश सरकारले यसअघि संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।
हिजो बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गएको कात्तिक २३ गतेदेखि मङ्सिर १७ गतेसम्मका तत्कालीन मन्त्रिपरिषदबाट भएका सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बर्दिबासको एक होटलमा शपथ लिनुभएका मुख्यमन्त्री सराेजकुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्नुभएको थियो । मङ्सिर १५ गते सर्वोच्च अदालतको परमादेशपछि पनि उहाँले विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू गर्नुभएको पाइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले हिजो शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको हो । हिजै नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्रीको शपथ लिनुभएको छ ।