
विराटनगर । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।

आइतबार साँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
उनका अनुसार घरमै चट्याङ पर्दा ओली एक्कासि बेहोस भएकी थिइन्। स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।