
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिकामा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

सुनवर्षी नगरपालिका वडा नं. ८ सिक्टी बस्ने २९ वर्षीय अकमल मियाँलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। मियाँले अगाडि पछाडि नम्बर प्लेट नभएको KTM Duke मोटरसाइकलमा सिक्टीबाट डायनिया तर्फ आउँदै गर्दा प्रहरी टोलीले शंका लागि चेकजाँचका लागि रोकेको थियो। प्रहरीको इसारा वेवास्ता गरी भाग्ने प्रयास गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।
निजको साथ र मोटरसाइकल खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टको अगाडिको दाहिने गोजीबाट Samsung Galaxy S24 Ultra मोडलको मोबाइल सेट १ थान फेला परेको छ। साथै, पाइन्टको पछाडिको बाँया गोजीमा लुकाई राखिएको सेतो प्लास्टिकको पोका फेला परेको प्रहरीले जनाएको छ। सो पोकामा प्लास्टिक सहित ४७.७५० ग्राम र प्लास्टिक बाहेक ४२.४४० ग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला परेको छ।
हाल पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ।