लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मतामा कोशी प्रदेशका चार क्षेत्रमा ‘ओरेन्ज कप २०२५ क्रिकेट’ सम्पन्न

विराटनगर

नेपाल क्रिकेट फाउण्डेशन विराटनगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसँग एकात्मताको रूपमा कोशी प्रदेशका चार विभिन्न क्षेत्रमा ‘ओरेन्ज कप क्रिकेट २०२५’ सम्पन्न गरेको छ ।

फाउण्डेशनले एम सी सी फाउण्डेशन, क्रिकेट विदआउट बाउन्ड्रीज, क्रिकेट युनाइट्सको सहयोगमा तथा कोशी प्रदेश क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमायस प्रतियोगिता गरिएको थियो । ओरेन्ज कपले सामाजिक रूपान्तरणसँग जोड्दै लैङ्गिक समानता, समावेशिता र सशक्तीकरणको सन्देश दिएको छ ।
‘ओरेन्जकप’ खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सुरु गरिएको एक सशक्तीकरणमूलक क्रिकेट पहल हो । यो प्रतियोगिता पहिलो पटक सन् २०२४ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मताका रूपमा सुरु गरिएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यकालागि चेतना अभिवृद्धि, आवाज सुदृढीकरण र सामूहिक क्रियाशीलता प्रवद्र्धन गर्दछ । यस अभियानलाई खेलकुदसँग जोड्दै ‘ओरेन्जकप’ ले क्रिकेटको आत्मासँगै समानता, समावेशिता र सशक्तीकरणलाई प्रोत्साहन गर्दै आएको छ ।
विराटनगरमा आयोजित ओरेन्जकपमा महेन्द्र मा.वि., जनपथ मा.वि., विराट बहिरा मा.वि. र श्री आदर्श मा.वि. सहभागी रहेका थिए । जसमा महेन्द्र मा.वि. ओरेन्जकप विराटनगर २०२५ को विजेता भएकोे थियो भने विराट बहिरा मा.वि. उपविजेत ाभएको थियो । पथरीमा कृतिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हिरक मा.वि. सहभागी भएका थिए । जसमा कृतिपुर एकेडेमी विजेता तथा आदर्श सीता विद्यालय उपविजेता भएको थियो । आदर्श सीता विद्यालयकी सिन्धु मगर उत्कृष्ट बलर घोषित भइन् भने कृतिपुर एकेडेमीका सौरव बस्नेत उत्कृष्ट ब्याटर घोषित भए ।
उदयपुरमा भएको खेल जनज्यो तिविद्यालय, त्रियुगा विद्यालय, बालमन्दिर विद्यालय र राजा बस विद्यालय सहभागी थिए । जसमा बालमन्दिर विद्यालयले उपाधि जितेको थियो । राजा बस विद्यालयका असलोक सिंह उत्कृष्ट ब्याटर घोषित भए भने बालमन्दिर विद्यालयकी युनिशा राई उत्कृष्ट बलर घोषित भइन् । त्यसैगरी ेसुनसरीको तरहरामा हिमशिखर विद्यालय, सयपत्री विद्यालय, पूर्वाञ्चल विद्यालय र प्याराडाइज विद्यालय सहभागी थि ।, जहाँ पूर्वाञ्चल विद्यालय विजेता र हिमशिखर विद्यालयउपविजेता भएको थियो । पूर्वाञ्चल विद्यालयका सपतजंग कार्की उत्कृष्ट बलर घोषित भए भने पूर्वाञ्चल विद्यालयकी निरजला निरौला उत्कृष्ट बलरका रूपमा भइन् । प्रतियोगितामा छात्रा तथा छात्र सहभागि रहेका थिए ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मतामा कोशी प्रदेशका चार क्षेत्रमा ‘ओरेन्ज कप २०२५ क्रिकेट’ सम्पन्न
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन विराटनगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसँग एकात्मताको रूपमा कोशी प्रदेशका चार विभिन्न क्षेत्रमा ‘ओरेन्ज कप क्रिकेट २०२५’ सम्पन्न गरेको छ ।

फाउण्डेशनले एम सी सी फाउण्डेशन, क्रिकेट विदआउट बाउन्ड्रीज, क्रिकेट युनाइट्सको सहयोगमा तथा कोशी प्रदेश क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमायस प्रतियोगिता गरिएको थियो । ओरेन्ज कपले सामाजिक रूपान्तरणसँग जोड्दै लैङ्गिक समानता, समावेशिता र सशक्तीकरणको सन्देश दिएको छ ।
‘ओरेन्जकप’ खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सुरु गरिएको एक सशक्तीकरणमूलक क्रिकेट पहल हो । यो प्रतियोगिता पहिलो पटक सन् २०२४ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मताका रूपमा सुरु गरिएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यकालागि चेतना अभिवृद्धि, आवाज सुदृढीकरण र सामूहिक क्रियाशीलता प्रवद्र्धन गर्दछ । यस अभियानलाई खेलकुदसँग जोड्दै ‘ओरेन्जकप’ ले क्रिकेटको आत्मासँगै समानता, समावेशिता र सशक्तीकरणलाई प्रोत्साहन गर्दै आएको छ ।
विराटनगरमा आयोजित ओरेन्जकपमा महेन्द्र मा.वि., जनपथ मा.वि., विराट बहिरा मा.वि. र श्री आदर्श मा.वि. सहभागी रहेका थिए । जसमा महेन्द्र मा.वि. ओरेन्जकप विराटनगर २०२५ को विजेता भएकोे थियो भने विराट बहिरा मा.वि. उपविजेत ाभएको थियो । पथरीमा कृतिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हिरक मा.वि. सहभागी भएका थिए । जसमा कृतिपुर एकेडेमी विजेता तथा आदर्श सीता विद्यालय उपविजेता भएको थियो । आदर्श सीता विद्यालयकी सिन्धु मगर उत्कृष्ट बलर घोषित भइन् भने कृतिपुर एकेडेमीका सौरव बस्नेत उत्कृष्ट ब्याटर घोषित भए ।
उदयपुरमा भएको खेल जनज्यो तिविद्यालय, त्रियुगा विद्यालय, बालमन्दिर विद्यालय र राजा बस विद्यालय सहभागी थिए । जसमा बालमन्दिर विद्यालयले उपाधि जितेको थियो । राजा बस विद्यालयका असलोक सिंह उत्कृष्ट ब्याटर घोषित भए भने बालमन्दिर विद्यालयकी युनिशा राई उत्कृष्ट बलर घोषित भइन् । त्यसैगरी ेसुनसरीको तरहरामा हिमशिखर विद्यालय, सयपत्री विद्यालय, पूर्वाञ्चल विद्यालय र प्याराडाइज विद्यालय सहभागी थि ।, जहाँ पूर्वाञ्चल विद्यालय विजेता र हिमशिखर विद्यालयउपविजेता भएको थियो । पूर्वाञ्चल विद्यालयका सपतजंग कार्की उत्कृष्ट बलर घोषित भए भने पूर्वाञ्चल विद्यालयकी निरजला निरौला उत्कृष्ट बलरका रूपमा भइन् । प्रतियोगितामा छात्रा तथा छात्र सहभागि रहेका थिए ।