काठमाण्डौ । एमालेको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ । महाधिवेशन निर्वाचन आयोगले प्रकाशित गरेको सूची अनुसार एक अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, पाँच उपाध्यक्षका लागि ११ जना, महासचिवका लागि २, ३ उपहासचिवका लागि ७, ९ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र लेखा आयोग गरी ६ सय ४४ जनाको उम्मेदवारी परेको हो । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि मतदान शुरु हुनेछ । यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । एक जनाले मत खसाल्न झन्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।