श्रीलङ्का । श्रीलङ्काका तत्कालीन पेट्रोलियम मन्त्री अर्जुन रणतुङ्गालाई भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानूनी प्रक्रिया पूरा नगरी उच्च मूल्यमा खरिद गरेको आरोप रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
घूसखोरी वा भ्रष्टाचारको आरोप जाँच आयोगको अनुसन्धान रिपोर्टअनुसार उनको कार्यकालमा भएका कुल २७ खरीदबाट सन् २०१७ मा सम्झौता भएको ५० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् कुल ८० करोड भारतीय रूपैयाँ घाटा भएको देखिन्छ ।
भष्ट्राचारको मुद्दामा संलग्न पूर्व मन्त्रीका दाजु तथा सिलोन पेट्रोलियम कर्पोरेशनका तत्कालीन अध्यक्ष धम्मिका रणतुङ्गा पक्राउ परी जमानतमा रिहा भइसकेका छन् । अदालतले श्रीलङ्का र अमेरिकाको दोहोरो नागरिक धम्मिकामाथि यात्रा प्रतिबन्ध लगाएको थियो । उनको मुद्दाको अर्को सुनुवाई मार्च १३ तारिखमा हुनेछ ।
पूर्वमन्त्री रणतुङ्गा श्रीलङ्काले सन् १९९६ मा भएको विश्वकप क्रिकेट जित्दा टोलीको कप्तान थिए । बायाँ हातले खेल्ने ब्याटर ६२ वर्षीय रनतुङ्गाले अस्ट्रेलियालाई हराउँदै श्रीलङ्काका लागि विश्वकप जिताएका थिए ।