
नेपाली कांग्रेस विराटनगर महानगर सभापति पदका लागि प्रबल दाबेदारका रूपमा हेरिएका युवा नेता तथा समाजसेवी अभिषेक गिरीको विशेष पहल र सक्रियतामा आज विराटनगर वडा नं. ९ मा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
विराटनगरस्थित शीतल धर्मशालामा आयोजित यस कार्यक्रमले नगरको राजनीतिमा नयाँ ऊर्जा थपेको छ। उक्त कार्यक्रम मा लगभग ५० जना भन्दा बढि युवाहरु पार्टी प्रवेश गरेका हुन्। यसअघि वडा नं. ८ मा १०० भन्दा बढी युवाहरूलाई पार्टीमा भित्र्याउन सफल भइरहेका गिरीले आजको कार्यक्रममार्फत पार्टी संगठनलाई तल्लो तहदेखि नै मजबुत बनाउने आफ्नो अभियानलाई निरन्तरता दिएका छन् ।
आजको कार्यक्रमको सभापतित्व अनुजा कोइरालाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेको उपस्थिति रहेको थियो। कार्यक्रममा अभिषेक गिरीको नेतृत्व र ‘गिरी फाउन्डेसन’ मार्फत गरिएको सेवाको उच्च प्रशंसा गर्दै वक्ताहरूले उहाँजस्तो गतिशील युवा नेतृत्व अहिलेको आवश्यकता भएको बताए।
त्यस्तै कार्यक्रममा नगर सभापति: दीपक चापागाईं, वडा नं. ९ का वडा अध्यक्ष: विश्वनाथ भगत, जिल्ला सदस्य: प्रमोद भगत, प्रदेश ४ (ख) का सभापति: सुबोध निरौला, सुनचाँदी व्यवसायी संघ जिल्ला उपाध्यक्ष: कमलेश अग्रवाल र वडा सभापति: सृजन आचार्यको समेत सहभागिता देखिएको थियो।
पछिल्लो समय युवा पुस्तामा देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्दै गिरीले युवाहरूलाई पार्टीको मूलधारमा ल्याउन सफल भइरहेको बुझ्न सकिन्छ। गिरी फाउन्डेसनमार्फत वर्षौँदेखि विपन्न र निमुखा जनताको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउँदै आएका गिरी अब राजनीतिक रूपमै समाजको सेवा गर्न कस्सिएका छन्।यो सक्रियतालाई आगामी महाधिवेशनमा महानगर सभापति पदका लागि बलियो आधारको रूपमा हेरिएको छ। युवाहरूमाझ लोकप्रियता र पाका नेताहरूको विश्वास जित्न सफल गिरीको आगमनले विराटनगरमा नेपाली कांग्रेसको छवि थप उज्यालो हुने स्थानीय नेताहरूको बुझाइ छ।