विराटनगर
विराटनगरकाे नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका ३४ वर्षीय अमित यादव रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव तल भुइँमा खसेका थिए । भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारकाे क्रममा बिहान ७:२५ बजे मृत्यु भएकाे नाेबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।
मृतक यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।
घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्ररम्भिक अनुसन्धानका क्रममा उनी आफै हाम्फालेकाे देखिएकाे प्रहरीले जनाएकाे छ ।