
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ घर भई हाल इटहरी–७ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राई रहेका छन्।
घटना असार ११ गते राति करिब ९ बजेको हो। कोठाबाट करिब ५० मिटर टाढा रहेको खेतमा विद्युतको तार प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।