मोरङ–६ मा नेकपाको उम्मेदवार सिफारिस, आलमको नाम चर्चामा

बिराटनगर मोरङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङ क्षेत्र नम्बर–६ ले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्दै केन्द्रमा पठाएको छ।

क्षेत्रीय समितिको बैठकले वसिम आलम, ओपेन्द्र राय, दिपक ढकाल, सोनेलाल राजवंशी र सञ्जु शाहलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। सिफारिस गरिएका नाममध्ये वसिम आलमलाई उम्मेदवार बनाइनुपर्ने माग कार्यकर्ता तहबाट तीव्र रूपमा उठिरहेको छ।

स्थानीय संगठन मजबुत बनाउने काममा सक्रिय आलम जनसम्पर्क, सामाजिक सेवा र संगठन विस्तारमा अग्रसर रहँदै आएका छन्। युवा पुस्तामाझ लोकप्रिय मानिने आलम जनताको दुःख–सुखमा सधैँ साथ दिँदै आएको नेताहरूको भनाइ छ।मोरङ–६ का वर्तमान सांसद डा. शेखर कोइरालाप्रति स्थानीय तहमा असन्तुष्टि बढ्दै गएको पृष्ठभूमिमा नेकपाले त्यसको राजनीतिक लाभ लिन सक्ने आँकलन गरिएको छ। यही कारण वसिम आलमको उम्मेदवारीले चुनावी परिणाम बदल्न सक्ने विश्वास पार्टीभित्र व्यापक छ।