रवि, बालेन र कुलमान मिले, बालेनले लेखे-म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ।

सहमतिअनुसार घिसिङलाई पार्टीको उपसभापति बनाइनेछ। हाल दुवै पक्षबीच सहमतिपत्रको ड्राफ्टमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढिरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार कुलमान घिसिङको समूहबाट १८ जना समानुपातिक सांसद समावेश गर्ने विषयमा पनि सहमति जुटेको छ।