विराटनगर ।विराटनगर महानगरपालिका–१४ देउराली होटलअगाडि मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको बीआर ३८ एम ११७८ नम्बरको स्कुटर राति करिब १०ः२० बजे आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक भारत अररिया छोटी मस्जिद निवासी २५ वर्षीय मोहमद राजाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका २० वर्षीय मोहमद इमरानको कोशी अस्पतालमा उपचार भइरहेको छ। स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा लिइएको छ। तीव्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ