विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका युवकको मृत्यु

विराटनगर विराटनगर महानगरपालिका१५ स्थित नं. ढाटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अर्का एक जना घाइते भएका छन्

विराटनगरबाट जोगबनी तर्फ जाँदै गरेको प्र.०२०५२प ९५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नं. ढाटमा ठक्कर खाँदा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका महुली घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा कार्यरत ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो

गएराति करिब १२:५५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो अस्पताल पुर्याउनासाथ चिकित्सकले राति :२२ बजे उनलाई मृत घोषणा गरेका थिए

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङ कटहरी गाउँपालिका का ३० वर्षीय धर्मेन्द्र सरदार सामान्य घाइते भएका छन् उनी मृतक चौधरीसँगै सोही कन्स्ट्रक्सनमा काम गर्ने मजदुर भएको प्रहरीले जनाएको