बालेन साहले माघ ४ गते राजीनामा दिने

बिराटनगर। आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका काठमाडौंका प्रमुख बालेन साहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् ।

माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ ।

लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् । मेयर शाहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रुपमा निर्वाचनमा जाने सहमति गरेका थिए ।