
विराटनगर/ विराटनगरको बरगाछी चौकमा सुविधासम्पन्न क्याबिनसहितको ‘के.एस.एम. रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ। विराटनगर–६ का युवा व्यवसायी वसिम हुसेनले आफ्नी दिदी फरिदा खातुन र भिनाजु समीम अख्तरको सहयोगमा करिब ५ लाख रुपैयाँको लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

बरगाछी चौकको पश्चिमपट्टि, निहारीका कलेजको ठीक अगाडि रहेको दुई तल्ले भवनको माथिल्लो तलामा रहेको क्याफे शुक्रबारदेखि सेवा दिन थालेको छ। यसअघि विराटनगर–६ केसलिया रोडमा सञ्चालनमा रहेको के.एस.एम. क्याफेलाई स्थानान्तरण गर्दै अब बरगाछीमा नयाँ ढंगमा सुरु गरिएको हो।
क्याफेमा स्वादिलो खाना र शान्त वातावरणको संयोजन गरिएको छ। क्याफेमा मटका चिया, मटन बिरयानी, चिकेन मटन बिरयानी, चिकेन मूठिया, कलकत्ता कालीकोल, मःमः (भेज तथा चिकेन), चाउमिन, र विभिन्न चिसो पेय पदार्थहरु पाइन्छन्।
पारिवारिक र विशेष कार्यक्रमहरूको लागि ५० जनासम्म अट्ने खुला हलको व्यवस्था गरिएको छ। साथै, गोपनीयता चाहने ग्राहकको लागि ५ वटा क्याबिन रुम पनि उपलब्ध छन्, जसको सेवा घण्टाको २ सय रुपैयाँमा लिन सकिन्छ।
व्यवसायी हुसेनका अनुसार, क्याफेले ग्राहकलाई बिलअनुसार छुट पनि दिनेछ। २ हजार रुपैयाँभन्दा बढीको बिल हुने ग्राहकलाई ५ प्रतिशत र त्योभन्दा कम बिल हुने ग्राहकलाई २ प्रतिशतसम्म छुट दिइनेछ।
स्थानीय युवा उद्यमीको पहलमा सुरु भएको यो क्याफे क्षेत्रमै फरक स्वाद र सुविधा लिएर आएको व्यवसायी वसिम हुसेनले बताए।