
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योग (रिव्यू) गर्नको लागि आवेदन दिन असार २३ गतेसम्मको समय तोकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनपछि यदि परीक्षार्थीलाई कुनै विषयमा शंका वा आपत्ति छ भने पुनर्योग तथा उत्तरपुस्तिका पुनः परीक्षण गराउन सक्ने सुविधा दिइएको छ। यसका लागि बोर्डले अनलाइन प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ।
परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय वा बोर्डको केन्द्रीय कार्यालयको वेबसाइटमार्फत आवेदन फारम भरी पुनर्योगको प्रक्रिया अघि बढाउन सक्नेछन्। आवेदन दिनको अन्तिम समय असार २३ गते बेलुका ५ बजेसम्म तोकिएको छ।
बोर्डले नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणले त्रुटि भएमा मूल अभिलेखका आधारमा ती त्रुटिहरू सच्याउने व्यवस्था रहेको स्पष्ट पारेको छ।
पुनर्योगसम्बन्धी विस्तृत सूचना बोर्डको वेबसाइट तथा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
सम्पर्क वेबसाइटहरू:
www.neb.gov.np
www.see.gov.np
नोट: पुनर्योगको आवेदन समयमै नपुगेमा निवेदन स्वीकृत नहुने बोर्डले
चेतावनी दिएको छ।