विराटनगरमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१८ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

असार १४ गते राति साढे १ बजे विवाह समारोहमा डिजे बजाउँदै नाच्ने क्रममा अचानक डिजेको तारबाट करेन्ट लाग्दा सोही स्थानका विजय यादवका १७ वर्षीय छोरा अमित यादव गम्भीर घाइते भएका थिए।

घाइते अमितलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।