विराटनगर । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एक साबुन उद्योगको गोदाममा शनिबार राति आगलागी भएको छ ।
औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप (साबुन) उद्योगको गोदाममा शनिबार राति साढे ११ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका २ वटा दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गणका प्रहरी र स्थानीयवासीले रातभर आगो निभाउने प्रयास गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।
प्रहरीका अनुसार गोदाममा तयार भएका साबुन र कार्टुन मात्र होइन, केमिकल पनि भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको हो ।
आगलागीबाट के कति क्षति भएको त्यसको विवरण आउन बाँकी रहेको छ । गोदाममा भएको बिजुलीको तार सर्ट भई आगो लागेको अनुमान प्रहरीले गरिएको छ