हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल तथा वास्केट बलमा शिक्षादिप, अरनिको, विकेभिएम विजयी

विराटनगर

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भएका छन् ।

जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ९९ रनको फाराकिलो अन्ततरले पराजित गरि क्वाटरmिाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङको गरेको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३२ रनको योगफल तयार पारेको थियो । रेड स्टारकालागि विवेक कार्कीले सर्वाधिक २७ रनको योगदान दिए । सेन्टजोसेफका हरिबहादुर तम्सिनाले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा १ सय ३३ रनको लक्ष्य पाएको सेन्टजोसेफले १२ ओभरमा सवै विकेट ३३ रनमा सिमित भयो । सेन्टजोसेफले अतिरिक्त १९ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । रेडस्टारमा प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कोवास कलेजले नेशनल एकेडेमिलाई ५ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङको गरेको नेशनल कलेजले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई १ सय ५ रनको योगफल तयार पारेको थियो ।नेशनलका भरत साहले सर्वाधिक २० रनको योगदान दिए । कोवासका लालु यादवले ३ विकेट लिँदा महमद समिरले पनि ३ विकेट लिए ।
जवाफमा १ सय ६ रनको लक्ष्य पाएको कोवासले १४ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोबासका प्लेयर अफ द म्याच लालु यादवले सर्वाधिक ३९ रनको योगदान दिए । नेशनलका अमन कामतले ४ विकेट लिए ।

फुटबल
फुटबलको पहिलो खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा प्लेयर अफ द म्याच निसान राईले २ गोल, निवेश श्रेष्ठ, निशान्त चौधरी र अविशेक कामतले १–१ गोल गरे भने अरनिकोका निकेश खतिवाडाले १ गोल फर्काए ।

दोस्रो खेलमा होली चायल्ड कलेजले विकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पारजित गरेको छ । होली चायल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिस धिमालले १ गोल गरे ।
तेस्रो खेलमा काशी मोडेल कलेजले नेशनल एकेडेमिलाई ५–२ को गोल अन्तरले पारजित गरेको छ । कोशी मोडेलको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराँव र अविशेक चौधरीले १–१ गोल गरे ।
वास्केट बल
वास्केट बल अन्तरगत भएको खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेज विजयी भएका छन् ।
पहिलो खेलमा अरनिको कलेजले कोवास कलेजलाई ६०–११ को स्कारले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाई घोषित भए ।
दोस्रोखेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३५–२७ को स्कारेले पराजित गरेको छ । खेलक प्लेयर अफ द म्याच विकेभिएमका सन्तोष साह घोषित भए ।
तेस्रो शिक्षादिप कलेजले अरनिको कलेजलाई ५६–३० को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षिादिपका अन्दिप अर्जेल घोषित भए ।
चौथोखेलमा विकेभिएम कलेजले कोवास कलेजलाई ५१–१५ को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका निशल कार्की घोषित भए । वास्केटलमा ४ धबटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेलाइएको छ । लिगमा टम टुमा पर्नै टिमले फाइनल खेल्ने छन् ।