कोशीका यातायात कार्यालयको सेवा चुस्त बनाउन संसदीय समितिको १० निर्देशन

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात कार्यालयहरूको कमजोर अवस्था सुधार गर्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ।

समितिकी सभापति कमला दर्नालले सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई स्थलगत अनुगमन प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

प्रतिवेदनअनुसार इटहरीस्थित यातायात कार्यालयको अवस्था अत्यन्तै दयनीय छ। ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनीबाट महत्वपूर्ण कागजात नष्ट भएपछि अहिले झ्याल-ढोकामा पाल टाँगेर सेवा सञ्चालन गर्नुपरेको छ।