बिराटनगर
कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रि
केट फाउण्डेशनकोआयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता शुरु भएको छ ।बुधबार भएको उद्घाटन भएको खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनकोफराकिलो अन्तर पराजित गरि महत्वपूर्ण २ अंक जोडेको छ ।टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २०रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदाकप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रा, विशाल ढकालले २३ रन,अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको योगदान दिए। सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे रगौरभ कटवालले १–१ विकेट लिए । २ सय २१ रनको लक्ष्य पाएको सुनसरीले३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो । सुनसरीका अफन ताहिरले२२ रन बनाउँदा कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँये १० रन बनाए। मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सराी र प्रेम कामतले २–२ विकेटलिए । दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङकाअलराउण्डर खेलाडी दिपेश कँडल घोषित भए । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटाझापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् । विहिबार झापा र मोरङ विच प्रतिस्पर्धा हुने छ ।