वीरेन्द्र सभागृहमा माघ २५ गतेबाट कोशी प्रदेश सभा बैठक, मासिक आठ लाख भाडा

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो मितिमा दिउँसो २ बजेदेखि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक रूपमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार सभागृह मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने गरी प्रयोग गरिनेछ।