विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो करिब ३:०० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका झापाको दमक नगरपालिका–०४ बस्ने २९ वर्षीय एलिस कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारेको थियो । पक्राउ परेका कार्कीलाई लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।