भाेजपुरमा ५०० किलो गाँजासहित १० जना पक्राउ

विराटनगर । भोजपुरमा ५०० किलो गाँजासहित प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ । हतुवागढी गाउँपालिका-९ मचुवाबाट आमचोक गाउँपालिका-९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित १० जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ परेका हुन् । ट्याक्टरमा गइरहेका उनीहरूको शंकास्पद गतिविधि देखिएपछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीले ना. ७ त ३५० नम्बरको ट्याक्टर जाँच गर्दा ४३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेको हो । सबैजनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।