झापामा एक पुरुषको हत्या

विराटनगर । झापाको भद्रपुरमा एक जनाकाे हत्या भएको छ । भद्रपुर नगरपालिका-१० धनुषमोडमा घाँटीमा सुई रोपेर बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको हत्या भएको हो ।

सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमा गएर सुईले घोचेर गम्भीर घाइते बनाएका थिए । तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएका ढकालको उपचारको क्रममा मृत्यु भएको थियो ।