जन्ती बस दुर्घटना: मृतक संख्या १३ पुग्यो

विराटनगर । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबैको सनाखत भइसकेको छ।

पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खस्दा कच्याककुचुक भएको प्रहरीले जनाएको छ।

विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएकोमा डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्।