कलाकार सुनिल थापाकाे निधन

विराटनगर । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हाे ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाकाे उपचारका क्रममा निधन भएको हाे ।

थापा नेपाल र भारतमा चलेका कलाकार हुन् ।