विराटनगर। जनता समाजवादी पार्टी (जसपा) का मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उहाँ घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ।
अभियानका क्रममा यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्या, आवश्यकता र जनआकांक्षा बुझ्दै आउनुभएको छ। साथै, मोरङ–५ को विकासका लागि आफ्ना योजना प्रस्तुत गर्दै जनताको विश्वास जित्ने प्रयासमा उहाँ लाग्नुभएको छ।
जनताको सेवा र क्षेत्रको समग्र विकास नै आफ्नो लक्ष्य रहेको बताउँदै यादवले घरदैलो अभियानमा सकारात्मक प्रतिक्रिया पाइरहेको जनाउनुभयो। स्थानीयवासीहरूले उहाँको उम्मेदवारीलाई आशाको रूपमा लिएको उहाँको भनाइ छ।
राजकुमार यादवप्रति बढ्दो जनसमर्थनसँगै मोरङ–५ को चुनावी माहोल थप रोचक बन्दै गएको छ।