कञ्चनजंघा आसपास केन्द्रविन्दु बनाएर ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

विराटनगर । ताप्लेजुङ जिल्लाको कञ्चनजंघा आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहानका राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः४७ बजेतिर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपाल–भारत सीमा नजिकको क्षेत्रमा पर्छ । भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालको विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यद्यपि, भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

पूर्वी हिमाली क्षेत्र भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील मानिन्छ । सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।