रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान

विराटनगर ।  रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ।

मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो।

प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ।