विराटनगर। काेशी प्रदेशकाे सुरक्षा अवस्था बारे जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की इटहरी आएकी छन् । निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन सोलुखुम्बु र भोजपुर हुँदै इटहरी पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाबारे छलफल पनि गरेकी हुन् ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेसहित जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीको उपस्थितिमा छलफल भएकाे थियाे ।
नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै निरुत्साहित गर्न पनि निर्देशन पनि दिइन् ।
प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन् ।
कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ ।