दुर्घटनामा पति–पत्नीको मृत्यु

विराटनगर । गौर–गंगापिपरा सडक खण्डअन्तर्गत रौतहटको दुर्गाभगवती गाउँपालिका–४ मा आइतबार बिहान भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नीको मृत्यु भएको छ ।

गंगापिपराबाट गौरतर्फ जाँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै बिहान करिब ५ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर सिसौको रुखमा ठोक्किएको थिाये ।

रौतहट प्रहरीका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार। दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी पत्नी २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको हो । टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको गम्भीर अवस्थामा फेला पारेर उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको डीएसपी बस्यालले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।