नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरे

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ ।

पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको जनाएको छ ।