विराटनगर । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदै छन् ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता सुम्पिँदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबर राति आफ्नो बिदाइ भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।
१२ फेब्रुअरीमा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।
बीएनपीले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह आज अपराह्न ४ बजेका लागि तय गरिएको छ ।