महानगर स्तरिय हाजिरि जवाफमा विराटनगरको एभरेष्ट स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिका र श्री वाल मन्दिर आधारभुत विद्यालयको सम्युक्त आयाजनामा भएको महानगर स्तरिय हाजिरिजवाफ प्रतियोगिता विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलले जितेको छ ।
एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगर स्तरिय हाजिरिजवाफ प्रतियोगिता जितेको हो । आर्दश स्कल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानिलकण्ठ स्कलले सान्तनामा चित्त बुझायो । प्रथ हुने एभरेष्टले नगद २१ हजार र ट्रफि हात पारेको छ भने दोस्रो हुने आदर्श १५ हजार, तेस्रो हुने मदनले १२ हजार र सान्तना हुने बुढानिलकण्ठले ६ हजार र ट्रफि हात पारेको थियो ।
मंगलबारदेखि शुरु भएको हाजिरिजवाफ प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक गरि ६० विद्यालय सहभागि रहेको आयोजकले जनाएका छन् ।