लुम्बिनी पुगेर प्रधानमन्त्रीले गरिन् मायादेवी मन्दिर दर्शन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनी भ्रमणका क्रममा मायादेवी मन्दिरसहित विभिन्न धार्मिक तथा पर्यटकीय संरचनाको अवलोकन गरेकी छन्। भ्रमणका क्रममा उनले थाइल्याण्ड सरकारको सहयोगमा निर्माण गरिएको गुम्बा, लुम्बिनी सङ्ग्रहालय, बज्रयान मन्दिर तथा विश्वशान्ति स्तुपको निरीक्षण गरेकी थिइन्। निर्वाचन तयारीसम्बन्धी विषयमा सम्बन्धित निकायहरूसँग छलफल तथा जानकारी लिन रुपन्देही पुगेकी प्रधानमन्त्री त्यसपछि लुम्बिनी आएकी हुन्। लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीहरूले प्रधानमन्त्रीलाई स्वागत गर्दै लुम्बिनी गुरुयोजना तथा कोषले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए।