विराटनगर जेसीजद्वारा सुधारकेन्द्र मा लागुपदार्थ दुर्व्यवसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने आदर्शलाई आत्मसात गर्दै अघि बढिरहेको १८ बर्ष देखि ४० बर्ष का युवाहरुको अन्तरास्ट्रिय सस्था विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ संचालन गरिरहेको छ । ‘ह्युम्यानिटी सर्भिस विक–२०२५’ अन्तर्गत चौथो दिन विराटनगर–११ स्थित न्यु लाईफ फेलोसिप सुधार गृहमा

“तिमी सक्षम छौ , नसा होइन आशा रोज” कार्यक्रम सम्पन्न गर्दै लागुपदार्थ दुर्व्यवसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी वडा प्रहरी कार्यलय डिएसपी अनमोल खडका रहेका थिए भने प्रमुख प्रशिक्षण जिल्ला प्रहरी कार्यलय का सहि अशोक कार्की ले गरेका दिएका थिए । बिशिस्ट अतिथी जेसिज बर्ष २०२३ का अध्यक्ष अभिनाश थापा रहेका थिए थापाले ब्यक्तित्व बिकाश सङै जेसिज सामाजिक क्षेत्रमा समेत समाजिक उत्तरदायित्व बहन गर्दै समुदाय सङ्ग सम्बन्ध बलियो बनाउन जेसिज सधै सक्रिय रहेको बताए । साथै बिशिस्ट अतिथी न्यु लाईफ फेलोसिप सेन्टर का संचालक प्रबिन बस्नेत समेत रहेका थिए । जेसिज सप्ताहब्यापी कार्यक्रम का सम्योजक रहेका जेसि अभिषेक भट्टराई ले आफ्ना मन्तव्य राख्दै जेसिजले गरेको सचेतना कार्यक्रम ले सुधार गृहमा रहेका ब्यक्तीहरु लाई मात्रै नभई सम्पुर्ण समाजका दुर्व्यवसनी मा फसेका ब्यक्तिहरुलाई नयाँ आशा तर्फ ड्योर्याएको र समाज का सामाजिक उत्तरदायित्व मा सबैको साझा भुमिका आवश्यक रहेको ब्यक्त गरे ।

उक्त कार्यक्रमका संयोजक आर के मन्डलले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम ले समाजमा सबैलाई सकारात्मक सन्देश फैलाउने दावी गरे।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले समाज सेवामा जेसीजको निरन्तर सक्रियता झल्किने गरी कार्यक्रम तय गरिएको बताए। “सामाजिक उत्तरदायित्व पूरा गर्दै समुदायसँगको सम्बन्ध बलियो बनाउन यस्ता कार्यक्रमले मद्दत गर्छ,” उनले भने।

सन् १९७३ मा स्थापना भएको विराटनगर जेसीजले ‘डेभलपिङ लिडर्स फर अ चेन्जिङ वर्ल्ड’ भन्ने विश्वव्यापी सिद्धान्त अनुरूप नेतृत्व विकास र सामाजिक सेवामा ५२ वर्षदेखि सक्रिय भूमिका निभाउँदै आएको छ।