काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ। हिजो प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि अघिल्लो दिन यसको मूल्य प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा दैनिक रूपमा सुन तथा चाँदीको मूल्य निर्धारण हुँदै आएको जनाएको छ।