सुन यथावत्, चाँदी महँगियो

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो, जसअनुसार सुनको भाउमा कुनै परिवर्तन आएको छैन। यद्यपि, चाँदीको मूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ मा कारोबार भएको चाँदीको मूल्य एकै दिनमा १ सय ३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ तथा चाँदी प्रतिदश ग्राम ४ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ।