काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले देशका ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइसकेको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ। उनले काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री तथा मतपत्र पुर्याइने जानकारी दिए। आयोगले निर्धारित समयमै मतदान सम्पन्न गराउन आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।