काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर तीन लाख १५ हजार चार सय रुपैयाँ पुगेको छ । यसैगरी चाँदीको मूल्य पनि आज उकालो लागेको छ । बुधबार प्रतितोला पाँच हजार सात सय १५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ बिहीबार प्रतितोला पाँच हजार सात सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारतर्फ भने सुनको मूल्य प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।