कञ्चनपुर । पुनर्बास नगरपालिकामा खटिएका एक निर्वाचन प्रहरीको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मीका ३५ वर्षीय मानसिंह राना पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका थिए। सोमबार राति खाना बनाउने क्रममा बेहोस भएका रानालाई धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रवक्ता शाहीले जानकारी दिए। शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए।