मधेस प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सिंहको जमानत जफत

बिराटनगर

मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ। सप्तरी निर्वाचन क्षेत्र नम्बर मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंहले कुल सदर मतको .६७ प्रतिशत मत मात्र पाएका छन्।

सिंह यस क्षेत्रको मत परिणाममा चौथो स्थानमा सीमित भएका छन्। यस क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत पाउँदा पूर्व मुख्यमन्त्री सिंहले हजार ५५७ मत पाएका छन्। ३४ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३१ जनाको जमानत जफत भएको हो।

यहाँ निर्वाचित उम्मेदवार बाहेक जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेशकुमार यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मात्र जमानत बचाउन सकेका छन्। यादवले कुल सदर मतको २२.७२ प्रतिशत अर्थात १४ हजार २६३ मत पाउँदा राउतले १५.७४ प्रतिशत अर्थात हजार ८८० मत पाएका छन्। यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर मत थियो।