काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना अनुसार नयाँ दल श्रम संस्कृति पार्टी ले तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता पक्का गरेको छ। हालसम्म करिब ८६ लाख ५३ हजार ३१८ मत गणना भइसकेको छ। यसमा श्रम संस्कृति पार्टीले ३ लाख ४ हजार ५७९ मत पाएको छ। नेपालको निर्वाचन प्रणालीअनुसार समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दललाई राष्ट्रिय दलको दर्जा दिइन्छ।
प्रत्यक्षतर्फ पनि श्रम संस्कृति पार्टीले तीन निर्वाचन क्षेत्र जितेको छ। यस आधारमा पार्टीले समानुपातिक प्रणालीमार्फत करिब चार सिट पाउने अनुमान गरिएको छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनपछि संसदमा कुल छ वटा दल राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने देखिन्छ। ती दलहरू हुन्स् रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा। विश्लेषकहरूका अनुसार नयाँ दलको रूपमा उदाएको श्रम संस्कृति पार्टी ले समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीमा आफ्नो उपस्थितिलाई प्रभावशाली बनाउँदै आगामी संसदमा सक्रिय भूमिका निर्वाह गर्ने सम्भावना बढाएको छ।ब्