कोशीसहित ६ प्रदेशमा वर्षाको सम्भावना

बिराटनगर। नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको

मंगलबार दिउँसो राति देशका धेरैजसो स्थानमा सामान्यदेखि आंशिक बदली रहनेछ उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको चट्याङ पर्ने सम्भावना भएकाले खुला स्थानमा काम गर्ने यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविद्हरूले दिएका छन्