प्रतिनिधि सभा निर्वाचनपछि नेपाललाई बंगलादेशका प्रधानमन्त्रीको बधाई

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले ५ मार्च २०२६ मा सम्पन्न संसदीय निर्वाचनलाई शान्तिपूर्ण र सफल लोकतान्त्रिक अभ्यासको रूपमा उल्लेख गरेका छन्। रहमानले उक्त निर्वाचनले नेपाली जनताको आकांक्षा, सहिष्णुता तथा लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गरेको बताएका छन्।

उनले बंगलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजान नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट काम गर्न इच्छुक रहेको पनि बताएका छन्। यसअघि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग टेलिफोन संवाद गरेका थिए। उक्त संवादका क्रममा उनले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्राप्त जितका लागि बधाई व्यक्त गरेका थिए।