समानुपातिकमा रास्वपाको कटौती ५० लाख, दल अनुसार मत विवरण

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ अहिलेसम्म कुल १ करोड ४ लाख २४ हजार ५२७ मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको छ भने सबैभन्दा बढी मत रास्वपाले ५० लाख ३ हजार १६८ मत पाएको छ। नेपाली कांग्रेसले १६ लाख ९३ हजार ९१, नेकपा (एमाले) ले १४ लाख ११ हजार ८६३, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार ६२१, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ३१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ९०९ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालले १ लाख ७१ हजार ६९७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ४४७ र जनमत पार्टीले ७६ हजार ५४२ मत पाएका छन्।

समानुपातिक मतगणना अहिलेसम्म जारी छ। प्रत्यक्षतर्फको मत परिणामअनुसार रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्। कुल १६४ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। तर, धनुषा–१ को नतिजा विवादका कारण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।