आज सुनचाँदीको मूल्य बढ्यो, रियल टाइम दर यस्तो छ

नेपालमा सुनचाँदीको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३१० रुपैयाँले बढेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ हजार ४१० रुपैयाँ थियो।