काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहलाई हालै सम्पन्न आम निर्वाचनमा पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि हार्दिक बधाई दिएका छन्।
प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा उक्त जनादेशलाई नेपाली जनताले नयाँ, ऊर्जाशील तथा गतिशील नेतृत्वप्रति व्यक्त गरेको विश्वासको प्रतीकका रूपमा उल्लेख गरिएको छ। सन्देशमार्फत उनले पाकिस्तान र नेपालबीच विद्यमान ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ मजबुत बनाउन नवनिर्वाचित नेपाली सरकारसँग निकट रूपमा सहकार्य गर्न पाकिस्तान तयार रहेको बताएका छन्। यसबारे यहाँस्थित पाकिस्तानी राजदूतावासले जानकारी दिएको छ।
