सुनसरीको हरिनगर गाउँपालिका–३ बाट प्रहरीले गएराति करिब २०० केजी गाँजा बरामद गरेको छ। गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीबाट उक्त गाँजा फेला परेको हो। प्रहरीका अनुसार सवारीसाधनमा प्लास्टिकका आठवटा बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले घटनाबारे जानकारी दिँदै गाँजा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
